Section 108
शपथग्रहण गर्ने
(१) आफ्नो ओहदाको काम शुरु गर्नुभन्दा अगाडि गभर्नर तथा संचालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष र डेपुटी गभर्नरले गभर्नरसमक्ष अनुसूची बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु  पर्नेछ । (२) बैङ्कमा पहिलो पटक नियुक्त कर्मचारी वा सल्लाहकारले आफ्नो ओहदाको काम शुरु गर्नुभन्दा अगाडि तोकिएबमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु  पर्नेछ ।